लिभरपुल छाडेका सालाह टर्की जाने तयारीमा
ratopati.com · Wed Aug 05 07:00:15 GMT 2026
काठमाडौँ । टर्किस क्लब ट्र्याब्जोनस्पोरले इजिप्टका फरवार्ड मोहम्मद सालाहलाई अनुबन्ध गर्न औपचारिक कुराकानी सुरु गरेको जनाएको छ । गत सिजनको अन्त्यमा लिभरपुल छाडेका ३४ वर्षीय सालाह फ्रि एजेन्टका रूपमा क्लबमा आबद्ध हुने तयारीमा छन्।
ट्र्याब्जोनस्पोरले जारी गरेको विज्ञप्ति अनुसार सालाह बुधबार इस्तानबुल पुग्नेछन्। विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी सोही दिनको साँझ ट्र्याब्जोन पुग्ने योजना छ।’ ट्र्याब्जोनमा गरिने स्वागत कार्यक्रमको समय र अन्य विवरणहरू क्लबको आधिकारिक सञ्चार माध्यमबाट सार्वजनिक गरिने जानकारी दिइएको छ।
Read full story at source (ratopati.com)