हमास पूर्ण निःशस्त्र नभएसम्म गाजाबाट सेना फिर्ता नगर्ने इजरायलको अडान
kalakarmi.com · Wed Aug 05 06:40:44 GMT 2026

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने बताएका छन् । उनले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइएको पनि बताएका छन् ।
मंगलवार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले इजरायल डिफेन्स फोर्स (आईडीएफ) का सैनिकहरूलाई आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।
Read full story at source (kalakarmi.com)