केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको तीन महिने निक्षेप सङ्कलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ः०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ। निक्षेप सङ्कलनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण गरिनेछ।
यस निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुनका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी (गुणाङ्कमा) कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ।
Read full story at source (hamrakura.com)