पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र बनोस् - योगेश भट्टराई
arthasansar.com · Wed Aug 05 07:01:35 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बेहोस भएर ढलेकोप्रति नेताहरुले टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालमा एमाले नेताहरुले यो घटनाप्रति पक्ष र विपक्षमा मतहरु राखिरहेका छन् ।
एमाले उपमहासचिव योगेश भट्टराईले पनि फेसबुक मार्फत पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् । ‘पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरु दु:ख साट्ने, सुख बाड्ने, प्रेमिल अनि भरोसा र विश्वासको केन्द्र बन्नुपर्दछ,’ भट्टराईले लेखेका छन्, ‘जहाँ पारिवारिक र कमरेडली बातावरणमा छलफ हुन सकोस् । नत्र दु:ख पर्दा जाने कहाँ ?’
Read full story at source (arthasansar.com)