फिफाको विवादित योजना स्थगित भएपछि इन्फान्टिनोले बोलाए आपत्कालीन बैठक
ratopati.com · Wed Aug 05 07:08:23 GMT 2026
रबात। फिफाका व्यावसायिक र खेल सञ्चालन अधिकार बिक्री गर्ने योजना रद्द भएपछि परेको चौतर्फी दबाबका बिच अध्यक्ष जियानी इन्फान्टिनोले मोरक्कोमा वरिष्ठ नेताहरूको बैठक बोलाएका छन्।
‘फिफा फरवार्ड इन्टरप्राइज’ नाम दिइएको उक्त योजनाको फिफाकै विश्व फुटबल विकास प्रमुख आर्सेन भेङ्गर, महासचिव म्याथियास ग्राफस्ट्रोम र जोर्डन फुटबल सङ्घका अध्यक्ष प्रिन्स अलीले विरोध गरेका छन्। विगत एक सातादेखि मोरक्कोमा रहेका इन्फान्टिनोले विवादको समाधान खोज्न रबातमा यो बैठक डाकेका हुन् ।
Read full story at source (ratopati.com)