प्राथमिक बजार सुधारका लागि सेबोनद्वारा ७ सदस्यीय कार्यदल गठन
nepalnews.com · Wed Aug 05 07:05:21 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन सात सदस्यीय ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल’ गठन गरेको छ।
बोर्डका नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन गरिएको कार्यदलमा सेबोनका तीन कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का एक प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजी बजार समितिका संयोजक सदस्य रहेका छन् ।
Read full story at source (nepalnews.com)