अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी
reportersnepal.com · Wed Aug 05 07:08:27 GMT 2026

भद्रपुर (झापा), २० साउन । यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले सङ्कलन गरेको सात हजार ३०१ दाबीको पहिचान, छानबिन र प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नगरपालिकाका भूमि शाखा प्रमुख चुडामणि निरौलाका अनुसार ११ वटै वडाले पहिचान र प्रमाणीकरणका लागि सातदिने सूचना प्रकाशन गरिसकेका छन् । “नयाँ सूचीकरणअनुसार अर्जुनधारामा ७२९ जना भूमिहीन सुकुम्बासी, २१२ जना भूमिहीन दलित र छ हजार ३६० जना अव्यवस्थित बसोबासी रहेका छन्”, उनले भने, “हाल प्राप्त निवेदनका आधारमा पहिचान, प्रमाणीकरण र दाबीविरोधको प्रक्रिया अघि बढिरहेको छ ।”
Read full story at source (reportersnepal.com)