हर्मुज खोल्न ट्रम्पको चेतावनी
ratopati.com · Wed Aug 05 07:15:18 GMT 2026

क्यालिफोर्निया। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।
क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी ‘धेरै चाँडै’ खुल्ने अपेक्षा व्यक्त गरे । उनले त्यसो नभए इरान ‘धेरै नराम्ररी प्रभावित’ हुने चेतावनी दिँदै अन्ततः जलघाँटी खुल्ने दाबी गरे ।
Read full story at source (ratopati.com)