११२२ किलो गाँजासहित ३ जना पक्राउ
annapurnapost.com · Mon Aug 31 06:44:18 GMT 2026

उदयपुर : कटारी नगरपालिका -०६ बाँकेटार स्थित शान्तिवनको वनबाट १ हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।
सोमबार बिहान करिब ४ बजे उक्त शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको जानकारी पाएपछि वनभित्र खोजतलास गर्ने क्रममा बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी र गाडी नजिकै जंगलका विभिन्न स्थानमा लुकाइछिपाई राखिएको ५२ बोरा गाँजा फेला पारेको हो।
Read full story at source (annapurnapost.com)