अधिक तरलता थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
kendrabindu.com · Wed Aug 05 07:41:22 GMT 2026

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् ।
Read full story at source (kendrabindu.com)