दाङमा ५५ नाल अवैध भरुवा बन्दुक बरामद
annapurnapost.com · Wed Aug 05 07:38:37 GMT 2026

दाङ : दाङका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा हातहतियार बरामद गरिएका जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत खोजी अभियान चलाएको थियो ।
यसरी बरामद भएका हतियारहरु इलाका प्रहरी कार्यालय कमिरेचौर अनतर्गत बंगलाचुली गाउँपालिका–५ स्थित हिमाल लालीगुराँस सामुदायिक वन (७ नाल), खारखोली सामुदायिक वन (९ नाल), मुर्कुटीस्थित बंगलाचुली सामुदायिक वन (१ नाल), आरुनिस्थित लहरे सामुदायिक वन (५ नाल), बंगलाचुली–४ स्थित मौवालेख सामुदायिक वन (३ नाल) र लवाडे भत्कुले सामुदायिक वन (५ नाल) गरी ३० नाल तथा इलाका प्रहरी कार्यालय अमिलिया अन्तर्गत लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनको खैरेनी जंगलबाट ७ नाल, प्रहरी चौकी रामपुर को बंगलाचुली गाउँपालिका–६ ठुलीचौरस्थित राष्ट्रिय वन (६ नाल) र बंगलाचुली–८ स्थित न्यु कालिका सामुदायिक वन (७ नाल) गरी कुल १३ नाल छन् ।
Read full story at source (annapurnapost.com)