प्रलोभनमा परी विदेशबाट सुन तथा बहुमूल्य धातु नल्याउन आग्रह
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले विदेशबाट नेपाल आउने नेपाली नागरिकहरूलाई अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ।
नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक विशेष अनुरोध जारी गर्दै विगत केही दिनयता दुबई, कतारलगायतका मुलुकमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति तथा दलालहरूले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको पाइएको जनाएको छ।
Read full story at source (hamrakura.com)