निर्वासनबाटै सक्रिय हसिना
reportersnepal.com · Wed Aug 05 07:53:06 GMT 2026

ढाका, २० साउन । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने सङ्केत दिएकी छिन् । विश्लेषकहरूले उहाँको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले जुलाईमा एएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बङ्गलादेश फर्कने इच्छा व्यक्त गरेकी थिइन् । उनले आफू पक्राउ पर्न, जेल जान वा ज्यानसमेत गुम्न सक्ने सम्भावनाबारे जानकार रहे पनि जनताको आग्रहका कारण स्वदेश फर्कन चाहेको बताएकी थिइन् ।
Read full story at source (reportersnepal.com)