स्वदेश फर्कने हसिनाको प्रतिबद्धता, निर्वासनबाटै राजनीतिमा सक्रिय
tourismface.com · Wed Aug 05 07:56:48 GMT 2026

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने सङ्केत दिएकी छिन् । विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले जुलाईमा एएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बङ्गलादेश फर्कने इच्छा व्यक्त गएकी थिइन्। उनले आफू पक्राउ पर्न, जेल जान वा ज्यानसमेत गुम्न सक्ने सम्भावनाबारे जानकार रहे पनि जनताको आग्रहका कारण स्वदेश फर्कन चाहेको बताएकी थिएन् ।
Read full story at source (tourismface.com)