लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त, यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय
annapurnapost.com · Wed Aug 05 07:56:00 GMT 2026

काठमाडौं : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंकी याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डा. खड्गबहादुर केसी र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गरेको छ ।
Read full story at source (annapurnapost.com)