सुनसरी–सिरहा घटनाका मृत तथा घाइतेलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्राध्यापक डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ।
Read full story at source (hamrakura.com)