मेकानिकल इन्जिनियरिङ समूहको दरबन्दी पुनर्संरचना गर्न माग
ratopati.com · Wed Aug 05 08:11:24 GMT 2026

काठमाडौँ । सरकारका विभिन्न निकायमा कार्यरत मेकानिकल इन्जिनियरहरूले आफ्नो समूहको दरबन्दी व्यवस्थापन र वृत्ति विकासमा गम्भीर अन्याय भएको भन्दै मुख्य सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मेकानिकल इन्जिनियरिङ समूहका कर्मचारीहरूले हालको दरबन्दी संरचना अवैज्ञानिक र विभेदपूर्ण रहेको भन्दै तत्काल सुधारका लागि माग गरेका हुन् ।
मुख्य सचिवलाई सम्बोधन गरिएको उक्त पत्रमा निजामती सेवाको अन्य समूहमा पदोन्नतिको अवसर राम्रो भए पनि मेकानिकल समूहमा भने ‘पिरामिड शैली’ को दरबन्दी संरचना नहुँदा कर्मचारीहरू एउटै पदमा लामो समय बस्नुपर्ने र सेवाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ ।
Read full story at source (ratopati.com)