अस्थिरताको दुष्चक्रमा मधेस र सुदूरपश्चिम सरकार, अघिल्लो कार्यकालको नजिर भत्कियो
ratopati.com · Wed Aug 05 08:20:03 GMT 2026

काठमाडौँ । राजनीतिक स्थायित्वको पहिचान बनाएको सुदूरपश्चिम प्रदेश सरकार र मधेस प्रदेश सरकार २०७९ सालको निर्वाचनपछि अस्थिरताको दुष्चक्रमा फसेको छ । २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि २०७४ सालमा पहिलो पटक प्रदेश सभाको निर्वाचन भएको थियो । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच भएको वामपन्थी गठबन्धनले मधेस प्रदेश बाहेक सबै प्रदेशमा अत्यधिक सिट जितेको थियो ।
निर्वाचनपछि ६ प्रदेशमा भागबन्डा हुँदा एमालेले कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरेको थियो । माओवादी केन्द्रले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेको थियो । २०७८ साल असारमा केपी ओली नेतृत्वको सरकार ढलेसँगै अन्य ५ प्रदेशको सरकार अस्थिर हुँदा मधेस र सुदूरपश्चिमा पाँचै वर्ष सरकार टिकाएर नजिर स्थापित भएको थियो ।
Read full story at source (ratopati.com)