पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन प्रदेश सांसदलाई राप्रपाको निर्देशन
nepalpress.com · Wed Aug 05 08:42:41 GMT 2026

काठमाडौंं । राप्रपाले प्रदेश सरकार निर्माणको गणितीय चलखेलमा नलाग्ने निर्णय गरेको छ। आज बसेको कार्यसम्पादन समिति बैठकले सत्ताको चलखेलमा राप्रपा सामेल नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
उनले भने– प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।
Read full story at source (nepalpress.com)