आगामी पुससम्म बक्यौता महसुल तिर्ने नेपाल टेलिकमका ग्राहकलाई जरिबाना छुट
techpana.com · Wed Aug 05 08:44:49 GMT 2026
काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीका लागि राहतको घोषणा गर्दै बक्यौता महसुल भुक्तानीमा लाग्ने जरिबाना छुट दिने भएको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशित गर्दै लामो समयदेखि बक्यौता रहेका ग्राहकलाई लक्षित गरी यस्तो सहुलियत प्रदान गरेको हो ।
टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको दूरसञ्चार सेवा उपभोग गरे बापतको बाँकी रहेको बक्यौता रकम आगामी २०८३ साल पुस मसान्तसम्म भुक्तानी गरेमा त्यसमा लाग्ने जरिबाना मिनाहा गरिनेछ ।
Read full story at source (techpana.com)