एभरेष्ट बैंक नाफा ५ अर्ब माथि, लाभांश क्षमता ३८ रुपैयाँ
ratopati.com · Wed Aug 05 08:52:36 GMT 2026

काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा स्थिर र मजबुत वित्तीय प्रदर्शन गरेको छ। बैंकले सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले खुद नाफा ५ अर्ब कटाउँदै आफ्ना लगानीकर्ताहरूका लागि निकै आकर्षक लाभांश क्षमता प्रस्तुत गरेको हो।
विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा बढाउँदै ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो, जुन यस वर्ष ४.७५ प्रतिशतले वृद्धि भएको हो।
Read full story at source (ratopati.com)