सेकेन्डमै चेक प्रमाणीकरण गर्ने नेपाली एआई : बैंकिङ प्रणाली बदल्दै क्विकफक्स
ictsamachar.com

काठमाडौं । नेपालमा डिजिटल बैंकिङको विस्तारसँगै बैंकहरूको सेवा प्रवाहलाई अझ छरितो, सुरक्षित र प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित स्वदेशी प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यसैक्रममा नेपाली प्रविधि कम्पनी क्विकफक्स कन्सल्टिङ (Quickfox Consulting) ले विकास गरेको क्विक सीसीए (Quick CCA) नामक एआई सफ्टवेयर अहिले नेपाली बैंकिङ क्षेत्रमा परिवर्तनको नयाँ उदाहरण बनेको छ ।
ललितपुरको कुपण्डोलस्थित कार्यालयबाट सञ्चालन भइरहेको क्विकफक्स कन्सल्टिङले विकसित गरेको यो प्रविधिले बैंकहरूमा चेक प्रमाणीकरण (Cheque Clearing and Authentication) को परम्परागत प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउँदै केही सेकेन्डमै चेक परीक्षण गर्ने क्षमता विकास गरेको छ । यसले बैंकहरूको कार्यक्षमता उल्लेखनीय रूपमा बढाउनुका साथै ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउन मद्दत पुर्याइरहेको छ ।
Read full story at source (ictsamachar.com)