उज्वेकिस्तान जाने टेक्निकल अफिसर समसुद्दिनको बिदाइ
baahrakhari.com · Wed Aug 05 08:56:04 GMT 2026
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा इन्टरनेसनल टेक्निकल अफिसरको भूमिका निर्वाह गर्न उज्वेकिस्तानको तासकेन्ट जाने सिद्दिकी समसुद्दिनलाई बिदाइ गरेको छ । प्रतियोगिता साउन २२ देखि २९ सम्म हुँदै छ ।
बिदाइ कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले टेक्लिनल अफिसरहरू खेलकुदको महत्त्वपूर्ण खम्बा रहेको बताए । ‘‘खेलाडीहरू सबैको केन्द्रमा रहन्छन् तर खेलकुदको विकासमा प्राविधिक जनशक्ति टेक्निकल अफिसर, रेफ्री, प्रशिक्षक, म्यानेजर र अन्य सहयोगीको पनि उत्तिकै भूमिका हुन्छ,’’ अध्यक्ष श्रेष्ठले भने ।
Read full story at source (baahrakhari.com)