चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा १५ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा
ratopati.com · Mon Aug 31 07:02:02 GMT 2026

काठमाडौँ । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा तथा नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् । हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले उक्त सहयोग घोषणा गरिएको हो ।
कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई खाना, स्वच्छ खानेपानी, तयारी खाद्य सामग्री, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइ सामग्रीलगायत अत्यावश्यक सामग्री वितरण सुरु गरिएको छ । रसुवा र नुवाकोटमा एक–एक राहत शिविर सञ्चालन गरी प्रभावित नागरिकलाई खाना, स्वच्छ खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने योजना अघि सारिएको छ । शिविरमा बालबालिकाका लागि सुरक्षित स्थानको व्यवस्थासमेत गरिने जनाइएको छ ।
Read full story at source (ratopati.com)