बाढीपीडितको राहत तथा उद्धारका लागि बाबुरामले गरे १ लाख सहयोग
ratopati.com · Mon Aug 31 07:00:06 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार १ लाख रुपैयाँ जम्मा गरेका हुन् । राष्ट्रिय विपत्तिको समयमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले उक्त रकम कोषमा जम्मा गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
Read full story at source (ratopati.com)