५२ वर्षकी भइन् काजोल, दर्शकको मन जितेका यी ५ फिल्म आज पनि उत्तिकै लोकप्रिय
kalakarmi.com · Wed Aug 05 09:00:25 GMT 2026

मुम्बई- बलिउडकी चर्चित अभिनेत्री काजोलले आज आफ्नो ५२औँ जन्मदिन मनाउँदैछिन् । सन् १९७४ अगस्ट ५ मा जन्मिएकी काजोलले तीन दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी फिल्म उद्योगलाई थुप्रै अविस्मरणीय पात्र र सफल फिल्महरू दिएकी छन् । रोमान्टिक भूमिकादेखि गम्भीर र चुनौतीपूर्ण चरित्रसम्म उनले आफ्नो बहुआयामिक अभिनय क्षमताको परिचय दिएकी छन् ।
काजोलको नाम आउँदा दर्शकले सबैभन्दा पहिले सम्झिने फिल्ममध्ये एक हो सन् १९९५ मा प्रदर्शन भएको ‘दिलवाले दुल्हनिया ले जायेंगे’ यस फिल्ममा उनले निभाएको ‘सिमरन’ पात्र आज पनि बलिउडको सबैभन्दा लोकप्रिय महिला पात्रमध्ये एक मानिन्छ । अभिनेता शाहरुख खानसँगको उनको जोडीले फिल्मलाई कालजयी बनाएको थियो ।
Read full story at source (kalakarmi.com)