दाङमा ५५ नाल अवैध भरुवा बन्दुक बरामद, विशेष अपरेशन जारी
nepalpress.com · Wed Aug 05 09:25:32 GMT 2026

रूपन्देही । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले विशेष सूचनाका आधारमा साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ती बन्दुक फेला पारिएको जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न स्थानका जंगलमा ओढार, झाडी तथा ढुंगाको आडमा लुकाएर राखिएका भरुवा बन्दुक बरामद गरिएको हो । बरामद गरिएका बन्दुकबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Read full story at source (nepalpress.com)