हाइड्रोपावरको भरथेगले ४ अंक बढ्यो नेप्से
onlinekhabar.com · Wed Aug 05 09:33:59 GMT 2026

२० साउन, काठमाडौं । बुधबार सेयर बजार ४.७९ अंक बढेको छ । यो वृद्धिपछि परिसूचक नेप्से २६६७ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१.१५ अंक घटेको थियो । कारोबारका क्रममा आज दिनभर बजार सामान्य उतारचढावमा रह्यो ।
कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको भयो ।
Read full story at source (onlinekhabar.com)