राप्रपा प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा लाग्दैन : लिङ्देन
annapurnapost.com · Wed Aug 05 09:34:28 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
कांग्रेस, एमाले र नेकपा मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने पार्टीको धारणा रहेको उनले बताए । बैठकले प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई प्रदान गरेको छ । पार्टीको निर्देशन बिना सत्ता केन्द्रीत कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई निर्देशन गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।
Read full story at source (annapurnapost.com)