टिजरमा ‘झिँगेदाउ-२’, पारिवारिक सम्बन्ध, गाउँ–समाजको परिवेश, हास्य र भावनात्मक द्वन्द
kalakarmi.com · Wed Aug 05 09:44:02 GMT 2026

काठमाडौं– निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ नेपाली फिल्म ‘झिँगेदाउ २’ को बहुप्रतीक्षित टिजर बुधवार दिउँसो सार्वजनिक गरिएको छ । निर्माण टिमले ललितपुरस्थित लबिम मलमा विशेष कार्यक्रम आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरेको हो ।
टिजर डिजिटल प्लेटफर्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरले पारिवारिक सम्बन्ध, गाउँ–समाजको परिवेश, हास्य र भावनात्मक द्वन्दलाई प्रस्तुत गर्दै फिल्मप्रति दर्शकको उत्सुकता बढाउने प्रयास गरेको छ । पहिलो श्रृंखलाले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियालाई निरन्तरता दिने संकेत पनि टिजरले दिएको छ ।
Read full story at source (kalakarmi.com)