सेनासँग सांसदको जोरी, सुरक्षामा कस्तो सन्देश ?
ratopati.com · Wed Aug 05 09:49:33 GMT 2026

काठमाडौँ । काठमाडौँको माकलबारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । काठमाडौँ क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णेश्वरस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा सेनाका अधिकृतलाई हप्काउने शैलीमा सवाल जबाफ गरेका हुन् ।
पाण्डेको व्यहारपछि प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेट गरेका छन् । उच्च स्रोतका अनुसार प्रधान सेनापतिले सांसद पाण्डेको व्यवहारप्रति ध्यानाकर्षण गराएका छन् । तर, मंगलबार करिब २५ मिनेट भएको भेटलाई नेपाली सेनाले ‘नियमित’ भनेको छ ।
Read full story at source (ratopati.com)