धनुषामा सम्बन्धविच्छेदका घटना बढ्दो
barnanmedia.com · Wed Aug 05 09:39:07 GMT 2026

धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालतको पछिल्लो तथ्याङ्कले सामाजिक संरचना, बसाइँसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्धविच्छेदको घटना बढेको देखाएको हो ।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ समेत अदालतमा सम्बन्धविच्छेदका ५०० मुद्दा अदालतमा थिए । त्यसमध्ये २८१ मुद्दामा फैसला भइसकेको छ भने २१९ मुद्दा विचाराधीन रहेको सूचना अधिकारी महतोले बताए ।
Read full story at source (barnanmedia.com)