गल्छी–रसुवागढी सडक आयोजनाद्वारा विनाशकारी बाढीबाट ध्वस्त सडक पुनर्निर्माणका लागि टेन्डर आह्वान
ratopati.com · Mon Aug 31 07:09:51 GMT 2026

नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले सडक मर्मत तथा विभिन्न विपद् व्यवस्थापन कार्यका लागि योग्य बोलपत्रदाताहरूबाट दरभाउ पत्र आह्वान गरेको छ। आयोजनाले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ बमोजिम खुला प्रतिस्पर्धात्मक विधिबाट दरभाउ पत्र माग गरेको हो।
आयोजनाका अनुसार यस अन्तर्गत बुधबारको विनाशकारी बाढीका कारण क्षतिग्रस्त सडक खण्डहरूमा ग्याबियन पर्खाल लगाउने, सडक खन्ने, ह्युम पाइप बिछ्याउने, पहिरो तथा लेदो पन्छाउने र तादी नदीमा रहेको क्षतिग्रस्त स्टील ट्रस ब्रिज हटाउने जस्ता १३ वटा विभिन्न शीर्षकका कामहरू रहेका छन् । यसका साथै हेटौंडाबाट तादी (देवीघाट) सम्म बेली ब्रिज ढुवानी गरी जडान गर्ने कार्यका लागि पनि दरभाउ माग गरिएको छ।
Read full story at source (ratopati.com)