येन स्थिरतामा अमेरिकाको जोड
reportersnepal.com · Wed Aug 05 10:03:20 GMT 2026

वासिङ्टन, २० साउन । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन् । उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका छन् ।
सिएनबीसीसँग मङ्गलबारको अन्तर्वार्तामा बेसेन्टले सन् १९९० को दशकको अन्त्यतिरको एसियाली वित्तीय सङ्कट स्मरण गर्दै अत्यधिक कमजोर येनले अन्य एसियाली मुद्रामाथि पनि दबाब सिर्जना गर्न सक्ने बताए । उनका अनुसार येन अत्यधिक कमजोर भए त्यसको प्रभाव कोरियाली वोनलगायत अन्य क्षेत्रीय मुद्रामा पनि पर्न सक्ने र चिनियाँ रेन्मिन्बीको मूल्याङ्कनबारे अन्तर्राष्ट्रिय बजारमा विभिन्न धारणा रहेको छ ।
Read full story at source (reportersnepal.com)