भरियाबाट सुरु भएको हिमाल यात्रा : कीर्तिमान राख्दै हिमालमै अन्त्य
ratopati.com · Wed Aug 05 10:08:09 GMT 2026
दोलखा । हिमाल केवल चट्टान र हिउँको थुप्रो होइन, कतिपयका लागि त्यो जीवन हो, पहिचान हो र सपना पनि हो । दोलखाको गौरीशंकर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ उपत्यकाको वेदिङ गाउँमा जन्मिएका किलि पेम्बा शेर्पा (किलु) ले यही सपनालाई आफ्नो जीवन बनाए ।
विश्वका सर्वोच्च शिखरहरूलाई पटक–पटक टेक्दै उनले नेपाललाई अन्तर्रााष्ट्रिय पर्वतारोहणको नक्सामा अझ उचाइमा पुर्याए । तर विडम्बना, संसारका सबै १४ वटा आठहजारे हिमाल सफलतापूर्वक आरोहण गरेका यही साहसी आरोहीको जीवन अन्ततः पाकिस्तानको ब्रड पिक (८,०४७ मिटर) मा आएको भीषण हिमपहिरोमा अन्त भयो ।
Read full story at source (ratopati.com)