मर्दी पदयात्रामा गएका ३ युवक सम्पर्कविहीन
rajdhanidaily.com · Wed Aug 05 10:12:29 GMT 2026

पोखरा । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक सम्पर्कविहीन भएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रको जंगलमा उनीहरु सम्कर्प विहीन भएका हुन् ।
बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी विरेन्द्र पासवानका अनुसार उनीहरु बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा थिए । ‘बिहान ८ बजेतिर सम्पर्क भएको र त्यसपछि सम्पर्कमा नरहेको भन्ने बुझिएको छ,’ उनले भने, ‘उनीहरुको मोबाइल अफ भएको छ । उक्त क्षेत्रमा नेटवर्कले पनि राम्रो काम नगर्ने हुँदा लोकेसन ट्रयाक गर्न समस्या भएको छ ।’
Read full story at source (rajdhanidaily.com)