लगानी बोर्डकी नवनियुक्त सीईओ उक्याब : अञ्चलाधिशकी छाेरी, विकास अर्थशास्त्रमा प्रवीण
nepalpress.com · Wed Aug 05 10:14:10 GMT 2026

काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा याङकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले उक्याबलाई सीईओमा नियुक्त गरेको हो ।
उक्याबलाई मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पनि उनले लगानी बोर्डमा लगानी सम्बन्धी परियोजनामा चार वर्ष काम गरेकी थिइन् । उनले बोर्डमा रहेर विशेषगरी माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाहरूको लगानी संरचनामा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
Read full story at source (nepalpress.com)