नेतान्याहुद्वारा ट्रम्पको गाजा योजना अस्वीकार
barnanmedia.com · Wed Aug 05 10:23:07 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निःशस्त्रीकरण र इजरायली सैन्य फिर्ताको सम्बन्धमा अघि सारेको मस्यौदा प्रस्तावलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै हमास पूर्णरूपमा निःशस्त्र नभएसम्म इजरायली सेना यस क्षेत्रबाट पछि नहट्ने कुरामा जोड दिनुभएको छ ।
सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै नेतान्याहुले गाजा पट्टीमा राष्ट्रिय सुरक्षा र सैन्य उपस्थितिमा इजरायलको यथा स्थितिलाई जोड दिनुभयो । उहाँले आफ्नो सुरक्षा सुनिश्चितामा अडिग रहँदै हमास पूर्णरूपमा निःशस्त्र नभएसम्म इजरायल हालको अवस्थाबाट पछि नहट्ने प्रष्ट पार्नुभयो । इजरायली सेनालाई दिइएको जनादेशलाई पुनः पुष्टि गर्दै नेतान्याहुले सेनालाई आफ्नो देश र नागरिकको रक्षा गर्न आवश्यक सबै कार्य गर्न निर्देशन दिइएको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)