एनसेलको मनसुन अफर सार्वजनिक, प्याक वा नयाँ सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
shilapatra.com · Wed Aug 05 10:22:00 GMT 2026

एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गर्दै ‘मनसुन अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम कार्ड खरिद गर्दा ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो सुविधा प्राप्त गर्न प्रिपेड ग्राहकले कम्तीमा ५० रुपैयाँ वा सोभन्दा बढी मूल्यको योग्य प्याक सक्रिय गर्नुपर्नेछ । प्याक सक्रिय गरेपछि ग्राहकले एसएमएसमार्फत रिवार्डको जानकारी प्राप्त गर्नेछन् भने क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ ।
Read full story at source (shilapatra.com)