कांग्रेसभित्र आन्तरिक कलह अन्त्यको आह्वान : युवा नेताहरूद्वारा ‘देश र कांग्रेस जोड्ने अभियान’ र ‘राष्ट्रिय संकल्प’ सार्वजनिक
nepalsamaya.com · Wed Aug 05 10:34:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह अन्त्य गर्दै पार्टीलाई जनमुखी र वैचारिक रूपमा पुनर्गठित गर्ने उद्देश्यका साथ युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत ‘राष्ट्रिय संकल्प’ सार्वजनिक गरेका छन्।
‘एकता–सद्भाव विमर्श: २०८३’ नामक कार्यक्रममा पार्टीका विभिन्न तहका प्रभावशाली नेता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, युवा नेताहरू पुष्पराज शाही, राजेन्द्र तिवारी, राजनीतिक विश्लेषक अरुण सुवेदी, नेताहरू आनन्द त्रिपाठी, लीलाबल्लभ दाहाल ‘काका’, मनहरि श्रेष्ठ, रजनी, आनन्द सन्तोषी राई र डा. यज्ञप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
Read full story at source (nepalsamaya.com)