राजेन्द्र लिङदेन भन्छन्: धार्मिक विवादको दीर्घकालीन समाधान हिन्दु राष्ट्रमा मात्रै सम्भव
nagariknews.nagariknetwork.com · Wed Aug 05 10:31:14 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा देखिएका धार्मिक विवाद र सामाजिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्ने बताएका छन्।
बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले वर्तमान संविधान र त्यसले अवलम्बन गरेका केही नीतिहरू नै अहिले देखिएका समस्याको मूल कारण भएको दाबी गरे। उनका अनुसार २०६२/६३ को जनआन्दोलनपछि अपनाइएको राजनीतिक मार्गको पुनरावलोकन गर्ने समय आएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)