८ दिनदेखि हिरासतमा रहेका जेनजी अभियन्ता रिहा नभए कडा आन्दोलन गर्ने चेतावनी
kalakarmi.com · Wed Aug 05 10:44:09 GMT 2026

काठमाडौं- राष्ट्रिय जेनजी नागरिका अभियानका आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत ८ दिनदेखि गैरकानुनी तवरबाट हिरासतमा राखिएको संयोजक सुनिल सिंहले बताएका छन् । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वौच्च अदालतले कारणदेखाउ आदेश माग गर्दा पनि सरकारले आलटाल गरेकोसमेत आरोप लगाएका छन् ।
संयोज सिंहले आफ्ना सहकर्मीहरुलाई गत साउन १२ गते माइतिघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको बताउँदै तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरू विरूद्ध ‘अभद्र व्यवहारसम्बन्धि’ को कसूरमा हिरासतमा राखेको र अनुसन्धानका नाममा प्रतिशोध साँधिएको आरोप लगाउँदै सिंहले भने,’गृहमन्त्री सुदन गुरुङले गैरन्यायीक तरिकाले आफ्नो व्यक्तिगत प्रतिशोध साँध्नु भएको छ ।’
Read full story at source (kalakarmi.com)