७ अर्ब ६३ करोडको विद्युत् पूर्वाधार बाढीमा ध्वस्त
nepalviews.com · Mon Aug 31 07:11:30 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो आर्थिक क्षति पुर्याएको छ । प्रारम्भिक मूल्यांकनअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा रहेका जलविद्युत् आयोजना, सौर्य आयोजना, सब–स्टेसन तथा प्रसारण पूर्वाधारमा ७ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ ।
बाढीले सञ्चालनमा रहेका आयोजनादेखि निर्माणाधीन ठूला जलविद्युत् परियोजनासम्मलाई प्रभावित बनाएको छ । कतिपय आयोजनाका बाँध, विद्युत् गृह, पेनस्टक, स्वीचयार्ड, कन्ट्रोल भवन र प्रसारण संरचनामा प्रत्यक्ष क्षति पुगेको छ भने केही आयोजनामा विद्युत् उत्पादन बन्द हुँदा अप्रत्यक्ष आर्थिक क्षतिसमेत थपिएको छ ।
Read full story at source (nepalviews.com)