ह्विलचेयर टेनिस खेलाडी रामबहादुरलाई वाइल्ड कार्ड
ratopati.com · Wed Aug 05 10:46:21 GMT 2026
काठमाडौँ । ह्विलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाएका छन् । राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्वीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाले जानकारी दिएका छन् ।
पारा एसियाली खेलकुदको ह्वीलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुने अध्यक्ष थापाले बताए । पारा एसियाली खेलकुद जापानमा अक्टोबर १८ तारिखदेखि सुरु हुनेछ ।
Read full story at source (ratopati.com)