विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी, सचिवमा श्रेष्ठ नियुक्त
nepalnews.com · Wed Aug 05 10:59:43 GMT 2026

काठमाडौँ। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्राध्यापक रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। त्रिविका तत्कालीन उपकुलपति प्राध्यापक केशरजंग बरालले राजीनामा दिएपछि केसीले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्लेका थिए।
Read full story at source (nepalnews.com)