दुई महिनामा ९७ परिवारले पाए जग्गाधनी पुर्जा
arthasansar.com · Wed Aug 05 10:54:55 GMT 2026

भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ परिवारलाई पुर्जा वितरण गरेको छ । २० जेठदेखि १६ साउनसम्म ९७ परिवालाई पुर्जा वितरण गरिएको हो ।
वितरण गरिएका पुर्जामा भूमिहीन दलितलाई ६, भूमिहीन सुकुमवासीलाई ५८, र अव्यवस्थित बसोबासी ३३ परिवारलाई पुर्जा वितरण गरिएको भूमि समस्या समाधान समितिले जानकारी गराएको छ । झापाको बुद्धशान्ति नगरपालिकाको ४ नम्बर वडा, अर्जुनधारा नगरपालिकाको ११ नम्बर वडा र कन्काई गाउँपालिकाको ४ नम्बर वडामा जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
Read full story at source (arthasansar.com)