राष्ट्र बैंकका गभर्नरको पदावधि कति? चार कि पाँच वर्ष राख्ने भन्नेमा सांसदबिच छलफल
ratopati.com · Wed Aug 05 11:04:49 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बुधबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ।
सिंहदरबारमा बसेको बैठकमा विधेयकमा उल्लिखित गभर्नर र सञ्चालक समितिको पदावधिको विषयमा छलफल भएको हो। बैठकमा केही सांसदहरूले गभर्नर र सञ्चालक समितिको पाँच वर्षे पदावधि यथावत् राख्नुपर्ने धारणा राखेका थिए भने केही सांसदहरूले चार वर्ष कायम गर्नुपर्ने सुझाव दिएका थिए।
Read full story at source (ratopati.com)