ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन
arthasansar.com · Wed Aug 05 10:59:35 GMT 2026

एलपीजी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ। टिमले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ। ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको जनाइएको छ ।
क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, ग्यास उधोगबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्। टिमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपीजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको छ। निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ।
Read full story at source (arthasansar.com)