मार्चयता इरानमा ५० भन्दा बढीलाई मृत्युदण्ड
ratopati.com · Wed Aug 05 11:06:14 GMT 2026

तेहरान । संयुक्त राष्ट्रसंघका मानवअधिकारसम्बन्धी उच्चायुक्त भोल्कर टुर्कले मार्च महिनायता इरानमा राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा ५० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले इरानी अधिकारीहरूलाई सबै प्रकारका मृत्युदण्ड तत्काल रोक्न र मृत्युदण्डको व्यवस्था पूर्ण रूपमा अन्त्य गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन् । भोल्कर टुर्कद्वारा बुधबार जारी गरिएको वक्तव्यअनुसार मार्च १९ यता कम्तीमा ५६ जनालाई राष्ट्रिय सुरक्षासम्बन्धी आरोपमा मृत्युदण्ड दिइएको छ । तीमध्ये २७ जनाको मुद्दा यस वर्षको सुरुवातमा भएका सरकारविरोधी व्यापक प्रदर्शनसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।
Read full story at source (ratopati.com)