परीक्षाको रजिष्ट्रेशन रोकेको विरोधमा क्याम्पस प्रमुखको कुर्सी जलाइयो
onlinekhabar.com · Wed Aug 05 11:13:14 GMT 2026

२० साउन, बुटवल । परीक्षाको मुखमा रजिष्ट्रेशन रोेकेको विरोधमा लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरका क्याम्पस प्रमुखको कुर्सी विद्यार्थीले आगजनी गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई विगत १० वर्षदेखि सञ्चालित उक्त क्याम्पसमा सिभिल इन्जीनियरिङको स्नातकोत्तर तहमा अध्ययनरत पहिलो सेमेष्टरका विद्यार्थीले आफूहरूको रजिष्ट्रेशन रोकेको विरोधमा क्याम्पस प्रमुखको कुर्सी कार्यकक्षबाट झिकेर आगजनी गरेको क्याम्पस प्रमुख खेटराज दाहालले बताए ।
Read full story at source (onlinekhabar.com)